नियम ७४
नक्कल लिँदा वा फोटो खिच्न लाग्ने दस्तुर
(१) अदालतमा भएको मुद्दा सम्बन्धी कागजको नक्कल लिँदावा फोटो खिच्न देहाय बमोजिमको दस्तुर लाग्नेछ:- (क अदालतबाट सारी दिइने नक्कलको सक्कल ए फोरसाइजको प्रत्येक पृष्ठको दश रूपैयाँ, (ख) आफ्नै तर्फबाट सारी लान दिइने नक्कलको सक्कल ए फोर साइजको प्रत्येक पृष्ठको पाँच रूपैयाँ, (ग) टिपोटकिताबको नक्कलको बीस रूपैयाँ, (घ) मिसिलमा रहेको कुनै लिखत वा कागजातको फोटो खिचेको प्रति फोटो बीस रूपैयाँ । छ (२) उपनियम (१) बमोजिम लाग्ने दस्तुर दाखिला गरेपछि मात्र नक्कल दिनु पर्नेछ ।